दफा ७
गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिन सक्ने
(१) कुनै जिल्लाभित्रका आपसमा सीमाना जोडिएका दुई वा सोभन्दा बढी नगरपालिका र नगरपालिका, गाउँपालिका र गाउँपालिका वा नगरपालिका र गाउँपालिकाले चाहेमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमतबाट एक आपसमा गाभिने प्रस्ताव पारित गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमको प्रस्ताव पारित गर्दा त्यसरी एक आपसमा गाभिएपछि कायम हुने गाउँपालिका वा नगरपालिकाको नाम, वडाको सीमाना, सङ्ख्या तथा केन्द्र समेतको विवरण खुलाई प्रदेश सरकारमा पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम विवरण सहितको प्रस्ताव प्राप्त भएमा प्रदेश सरकारले त्यस्तो प्रस्तावको आर्थिक तथा सामाजिक पक्ष विश्लेषण गरी तीस दिनभित्र नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको सिफारिसको आधारमा नेपाल सरकारले गाउँपालिका तथा नगरपालिकालाई एक आपसमा गाभ्ने निर्णय गरेमा त्यस्तो गाउँपालिका वा नगरपालिकाको नाम, वडाको सङ्ख्या तथा सीमाना र केन्द्र समेत तोक्नेछ ।
(५) यस दफा बमोजिम नगरपालिका वा गाउँपालिका एक आपसमा गाभिने सम्बन्धमा भएको निर्णयको कार्यान्वयन त्यसपछि लगतै हुने निर्वाचनदेखि लागू हुनेछ ।
(६) यस दफा बमोजिम गाभिई कायम भएका गाउँपालिका वा नगरपालिकालाई नेपाल सरकार र प्रदेश सरकारले गाभिनुभन्दा अगावै प्रदान गर्दै आएको अनुदानको अतिरिक्त थप अनुदान उपलब्ध गराउनु पर्नेछ ।